काठमाडौँ – नेपाली चलचित्र ‘गुरु आमा’ निर्माण हुने भएको छ । फिल्मको मुख्य भूमिकामा अभिनेत्री मिथिला शर्मा रहेकी छन् ।
Advertisement
चलचित्र प्रेम सोनी सुनुवारले निर्देशन गर्न लागेका हुन् । चलचित्रमा निर्माण तथा कथा निर्देशक सुनुवारकै रहेको फिल्ममा नयाँ तथा पुराना कलाकारको अभिनय रहनेछ ।
फिल्मको लेखन सुशील पंगेनीले गरेका हुन्। सामाजिक सञ्जाल मार्फत फिल्मको लेखन कार्य सकिएको उनले जानकारी दिएका छन् ।
वैशाखको अन्तिमबाट छायांकनमा सुरु हुने चलचित्र गुरु आमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्लेटफर्मका लागि मध्यनजर गरेर निर्माण हुन लागेको हो ।