मेष- स्वास्थ्यमा सुधार हुनेछ। सामाजिक कार्यमा रुचि बढ्नेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ।
वृष- यात्राको योग छ। धार्मिक कार्यमा मन लाग्नेछ। पुँजी बजारबाट फाइदा हुनेछ।
मिथुन- राजनीतिक कार्यमा सफलता मिल्नेछ। नयाँ कामको अवसर आउनेछ। पढाइमा प्रगति हुनेछ।
कर्कट- स्वास्थ्य समस्या हुनसक्छ। व्यवसायमा व्यवधान आइपर्ला। साथीभाइको भेटघाटले मन प्रसन्न रहनेछ।
सिंह- अरूको काममा समय जानेछ। व्यावसायिक कामबाट राम्रै फड्को मार्न सकिनेछ। पारिवारिक जमघट हुनेछ।
कन्या- मनमा उत्साह छाउनेछ। नसोचेको ठाउँबाट धन प्राप्त हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।
तुला- शुभ कार्यको योजना बन्नेछ। समाजसेवामा मन लाग्नेछ। अनावश्यक ठाउँमा धन खर्च होला।
वृश्चिक- अप्ठ्यारा परिस्थितिको सामाना गर्नुपर्ला। शुभकामको चर्चा चल्नेछ। विभिन्न अवसरले पछ्याउनेछन्।
धनु- धन लाभ हुनेछ। प्रेममा मधुरता छाउनेछ। आर्थिक कारोबारमा मन्दी छाउनेछ।
मकर- शुभ कामका योजना बन्नेछन्। सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ। नियमित खर्च बढ्नेछ।
कुम्भ- मनमा शान्ति छाउनेछ। रोकिएका काम पुनः शुरु हुनेछन्। आम्दानीका नयाँ स्रोत बढ्नेछन्।
मीन- कार्यमा व्यस्त रहने समय छ। स्वास्थ्य समस्या देखिन सक्छ। आयव्यय बराबरी हुनेछन्।