काठमाडौँ – गायक आरसी रिमाल र अन्जु पन्तको स्वरमा रहेको ‘भीर माहुरी’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ।
Advertisement
गीतमा मोहन थापाको शब्द र गायक आरसीकै सङ्गीत रहेको ‘भीर माहुरी’ शुक्रबार सार्वजनिक गरिएको छ।
डान्सिङ बिट रहेको भिडियोमा रोशन केसी र प्रियङ्का कार्कीले अभिनय गरेका छन् । भिजन सिवाकोटीको कोरियोग्राफी तथा निर्देशन रहेको म्युजिक भिडियो भिडियोमा उत्सव दाहालले छायाङ्कन गरेका छन् ।
विकास दाहालको सम्पादन र रङ्ग संयोजन रहेको गीतको भिडियो नेपमेलो युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।