मेष- आफ्ना योजनाहरू गोप्य राख्नु होला। तपाईंलाई विश्वासमा लिएर झुक्याउनेहरू सक्रिय छन्। दाम्पत्य जीवनमा तनाव पनि देखिन सक्छ। सावधानी अपनाउनु होला।
वृष- नयाँ काम हात नहाल्नु नै वेश। गरिरहेको कामलाई नै अगाडि बढाउनु होला। गोष्ठी, सेमिनारमा सहभागी हुन पाइएला।
मिथुन- दिन मनोरञ्जनपूर्ण छ। अध्ययनमा प्रगति हुनेछ। प्रेमको बन्धन कसिलो बन्ला। लक्ष्य प्राप्त गर्न कठिनाइ देखिँदैन।
कर्कट- गुरुजनको संगतले ज्ञानको दायरा फराकिलो होला। आफन्तजनसँग भेट बाक्लो होला। स्वादिष्ट व्यञ्जनमा रमाउने समय छ।
सिंह- परपीडकहरूबाट टाढा रहनु होला। त्यस्ता व्यक्तिले तपाईंको काम बिगार्ने यत्न गर्न सक्छन्। व्यापार व्यवसायमा आज राम्रै आम्दानी प्राप्त होला।
कन्या- लगनशील स्वभावको कदर हुनेछ। प्रतिभा प्रष्फुटनको मौका छ। सिर्जनात्मक कार्यमा मन जाला।
तुला- प्रतिस्पर्धामा विजय प्राप्त होला। भौतिक साधन जुट्ने योग भएकाले मन आनन्दित रहला। कामबाट लाभ प्राप्त होला।
वृश्चिक- व्यावसायिक यात्रामा निस्किनु पर्ला। दाम्पत्य जीवन सुखमय देखिन्छ। आम्दानीका स्रोतहरू भटाभट प्राप्त होलान्।
धनु- स्वास्थ्य कमजोर रहन सक्छ। व्यापार व्यवसाय पनि औसत रहने छन्। धन खर्च हुने योग पनि छ।
मकर- डुबेको रकम उठ्नाले मन केही हलुंगो हुन सक्छ। आम्दानीका स्रोत बढ्ने छन्। केही उत्साह जगाउने समाचार सुन्न पाइएला।
कुम्भ- भौतिक साधन जुट्ने समय छ। दीर्घकालीन लाभका क्षेत्र पहिल्याउन सकिने छ। पढाइ लेखाइमा सामान्य प्रगति हुन सक्छ।
मीन- अवसरहरूले पछ्याएका छन्, तिनलाई हातमा पार्ने प्रयत्न गर्नु होला। गुरुजनको मद्दतबाट इच्छाएको काममा प्रगति हासिल होला।