काठमाडौँ – मिस वर्ल्डमा शीर्ष पाँच विधा जित्ने प्रियंकारानी जोशीले तयारी गरिरेहेकी छिन् । आगामी मेमा यूएईको दुबईमा विश्वसुन्दरी प्रतियोगिताको ७१ औं संस्करण आयोजना हुँदैछ ।
८० देशका सुन्दरीले संसारकै प्रतिष्ठित मानिने उक्त ब्युटी पेजेन्टमा ताज जित्नको लागि प्रतिस्पर्धा गर्दैछन् । पहिलोपटक यूएईमा हुन लागेको ग्राण्ड फिनालेमा नेपालबाट मिस नेपाल वल्र्ड प्रियंकारानी सहभागि हुँदैछिन् ।
उपाधि जित्ने लक्ष्यसहित प्रियंका अहिले तयारीमा व्यस्त छिन् । पाँच विधामा जसरी भएपनि जित्ने उनको धारण देखिन्छ । यी विधामा जित्न सकिए सोझै अन्तिम १५ र २० मा पुग्न सकिने भएकाले पनि नेपालले यसतर्फ जोड दिइरहेको छ ।
प्रियंकाले आफू यतिबेला पाँच ‘फास्ट ट्रयाक’ विधामा ध्यान केन्द्रित गरिरहेको बताएकी छिन् । जसमा ब्युटी विथ पर्पस, मल्टिमिडिया अवार्ड, मोडल वाच, वल्र्ड डिजाइनर र स्पोर्ट्स इभेन्ट छन् । ब्युटी विथ पर्पस विधामा नेपाल यसअघि दुई पटक विजयी भइसकेको छ । यसका लागि प्रतिस्पर्धीले सामाजिक प्रोजेक्टमा काम गर्नुपर्ने हुन्छ ।
प्रियंका आगामी मिस नेपाल प्रतियोगिताका लागि भइरहेका अडिसनमा व्यस्त छिन् । उनी बिहीबार अडिसनका लागि नेपालगञ्जतर्फ प्रस्थान गरेकी छन् ।