काठमाडौँ – भारतीय गायक तथा कवि ओशो जैनले काठमाडौँमा सांगीतिक प्रस्तुति दिने भएका छन् । पहिलो पटक नेपालमा सांगीतक कार्यक्रम गर्न पाउँदा आफू निकै उत्साहित रहेको गायक जैनले बताएका छन् ।
Advertisement
लोकप्रिय गायक तथा कवि जैनले युवापुस्ता माझ आफ्नो सांगीतिक समूहसहित प्रिभे नेपाल, सोल्टी काठमाडौँमा शुक्रबार प्रस्तुति दिने भएका हुन् । ओशो जैनका ‘तु ऐसा कैसे है’, ‘खूश तो है ना’, ‘हमारा हो गया’ लगायत गीत चर्चित छन् ।