काठमाडौँ – भारतीय चर्चित अभिनेता एंव निर्देशक सतीश कौशिकको निधन भएको छ ।
उनको ६७ वर्षको उमेरमा भएको हो ।
Advertisement
अभिनेता अनुपम खेरले बिहीबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत ट्वीट गर्दै सो कुराको जानकारी दिएका हुन् ।
अनुपमले लेखेका छन्, ‘मृत्यु संसारको शाश्वत सत्य हो तर मैले आफ्नो प्रिय साथीबारे यसरी लेख्नुपर्ला भनेर सपनामा पनि सोचेको थिइनँ ।’ उनको मृत्युको कारण भने खुलाइएको छैन् ।
सन् १९८५ मा उनले शशि कौशिकसँग विवाह गरे । सतीशले सन् १९८३ मा बलिउडमा डेब्यू गरेका थिए । यसअघि उनले थिएटरमा काम गरेका थिए । उनी एक अभिनेता, हास्य कलाकार, पटकथा लेखक, निर्देशक र निर्माता थिए।
सतीशले १९९० मा राम लखन र १९९७ मा साजन चले ससुरालका लागि सर्वश्रेष्ठ हास्य कलाकारको लागि फिल्मफेयर पुरस्कार प्राप्त गरे। सतीशको जन्म १३ अप्रिल १९६५ मा हरियाणामा भएको थियो ।