मेष- श्रम गरेअनुसारको मूल्य नमिल्न सक्छ। भौतिक साधन जुट्नेछ। व्यवसायमा आम्दानी बढ्ने देखिन्छ।
वृष- धन खर्च हुनेछ। आम्दानी बढाउने काम शुरु गर्न सकिनेछ। विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ।
मिथुन- एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। धार्मिक कार्यमा मन जानेछ। बौद्धिक प्रतिस्पर्धामा अरूलाई उछिन्न सकिनेछ।
कर्कट- व्यवसायमा प्रशस्तै लाभ हुनेछ। परिस्थितिअनुसार चल्न सके फाइदा लिन सकिनेछ। सहयोगीहरूले साथ दिनेछन्।
सिंह- मौकाको फाइदा उठाउन चुक्नेछन्। प्रयत्न गरेअनुसार सामान्य फाइदा हुनेछ। कसैसँग सामान्य मनमुटाव पनि पर्न सक्छ।
कन्या- विवादमा पर्न सक्छ। प्रतिस्पर्धामा कमजोर सावित भइएला। महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै वेश होला। मान सम्मान पाइनेछ।
तुला- गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला।
वृश्चिक- व्यापार व्यवसायमा लाभ हुनेछ। यात्रा गर्ने अवसर जुट्नेछ। धन लाभ हुनेछ।
धनु- जोश जाँगरमा कमी आउनेछ। पठनपाठनमा समय दिन नसकिएला। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला।
मकर- अरूलाई प्रभावित पारेर फाइदा लिन सकिनेछ। विभिन्न चुनौतीको सामना गर्नुपर्ला। नयाँ काममा हात हाल्ने समय आएको छ।
कुम्भ- आश मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम बन्नेछ। लगनशीलताले राम्रै उपलब्धी दिलाउनेछ। व्यवसायमा लगानी बढाउने मौका छ।
मीन- आफन्तबाट टाढिनुपर्ने समय छ। वैदेशिक क्षेत्रबाट सामान्य लाभ मिल्नेछ। पढाइ लेखाइमा प्रगति हुनेछ। धन लाभ हुनेछ।