काठमाडौँ – नेपाली चलचित्र ‘जुलेबी’ को फस्टलुक सार्वजनिक गरिएको छ । नारी दिवसको अवसर पारेर निर्माण युनिटले चलचित्रको एक पोस्टर फष्टलुकको रूपमा ल्याएको हो ।
Advertisement
गणेश देव पाण्डेको निर्देशनमा बनेको फिल्ममा सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायत कलाकारको अभिनय छ ।
चार नारीको कथामा निर्माण भएको फिल्ममा नारीका अनेक रूपको कथा बुनिएको छ । आभा शर्मा नेपालले फिल्मको निर्माण गरेका हुन् ।
विवेक खड्काको छायाङ्कन, अन्जय खड्काको सम्पादन रहेको फिल्मको कार्यकारी निर्माता हुन् ।फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मको प्रदर्शन मिति तय गरिएको छैन ।