काठमाडौं – गम्भीर विष्टले निर्देशन गरेको म्युजिक भिडियो ‘अचानक’मा गजित विष्ट र अन्जली अधिकारीले अभिनय गरेका छन् ।
Advertisement
युट्युबमा रिलिज भएको दुई हप्तामा यो गजललाई १० लाखभन्दा बढी हेरिसकेकाे छ । गजलमा सन्तोष श्रेष्ठको संगीत र कन्हैया सिंह परियारको स्वर रहेको छ । प्रा. डा. कृष्णहरि बरालको शब्द रहेको ‘अचानक’ गजलले श्रोता–दर्शकको मन जितिरहेको छ ।
मंगलबार बिहानसम्म ‘अचानक’ गजलले १० लाख ४२ हजारभन्दा बढी भ्युज बटुलेको छ । संगीतकार श्रेष्ठले नेपाली गजलको लागि यो एउटा अत्यन्त सुखद क्षण भएको बताएका छन्।
गायक परियारले ३० वर्षको सांगीतिक करिअरमा पहिलोपटक गजल गाएको र धेरै दर्शकले मन पराइदिंदा आफू अत्यन्त उत्साहित भएको बताए ।