• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, साउन १४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार

चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि

सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य

डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा

गोलबजारमा गोली लागेर एकको मृत्यु

सामाजिक सद्भाव र विपद् व्यवस्थापनमा समन्वय बढाउन सुरक्षा परिषद्को जोड

जापान भूकम्प अपडेट ः २८ जनाको मृत्यु, उद्धार प्रयास जारी

किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?

रुसी आक्रमणमा आठ जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ४. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ५. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ६. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ९. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

घरघरमा कोरोना संक्रमित, स्थानीयमा त्रास


आइतबार, जेठ ०९, २०७८ मा प्रकाशित

धनगढी । दोस्रो लहरको कोभिड–१९ का सङ्क्रमित बिरामी घरघरमा देखिन थालेपछि धनगढी उपमहानगरपालिका–२ का स्थानीयवासीमा मनमा एक किसिमको डर बढ्दै गएको छ । कोरोना सङ्क्रमणको जोखिम दिन प्रतिदिन बढ्दै गई कोरोनाका बिरामी गाउँमा छरछिमेक वरिपरि देखिन थालेपछि मन डर, त्रासले बेचैन हुन थालेको धनगढी–२ का स्थानीयवासी दुर्गा जोशीले बताइन् ।

Advertisement

“कोरोनाबाट ज्यान गुमाउने र सङ्क्रमितको सङ्ख्या घटनुको साटो बढ्दै गइरहेको छ”, स्थानीयवासी जोेशीले भनिन्, “अघिल्लो वर्षमा कोभिडका बिरामी गाउँ–टोलतिर कोही पनि थिएनन् तर यसपालि भने कोभिडका बिरामी मात्र नभई यसबाट ज्यान गुमाउने व्यक्ति गाउँमा आफ्नै आँखा अगाडि देख्न सकिन्छ, जसले गर्दा मनमा एक किसिमको डर लागिरहन्छ ।”

मन्टेश्वरी स्कूलकी शिक्षिकासमेत रहेकी जोशीले पछिल्ला केही दिनयता त सामाजिक सञ्जाल खोल्नसमेत डर लाग्ने गरेको सुनाइन् । उहाँले भन्नुभयो, “फेसबुक खोल्दा फेसबुक पेजभरि कोरोनाबाट मृत्यु भएकाहरुको हार्दिक श्रद्धाञ्जलिबाहेक केही हुँदैन, कुनै आफन्तले फोन गर्दा समेत अब कस्तो प्रकारको खबर सुनिन्छ भन्ने मनमा चिन्ता छाइरहन्छ ।”

गाउँमा आफ्नै छरछिमेक वरिपरि कोरोनाका बिरामी रहेका छन् । घर नजिकै रहेको पसलमा हिजोआज सरसामान किन्न जानसमेत एकदमै अप्ठ्यारो महसुस हुने गरेको उनले बताइन् । “गत वर्ष कोरोनाका बिरामी गाउँमा नरहेको सुन्नमा आएकामा यसपालि त कोरोनाबाट गाउँमा केही व्यक्तिको मृत्यु भइसकेको छ । मन अझै अत्तालिन्छ”, उनले भनिन् ।

रोजगारीका लागि छिमेकी राष्ट्र भारत पसेकाहरु समेत यतिबेला भारतका विभिन्न शहरमा कोरोनाको महामारी फैलिएपछि गौरीफन्टा सीमा नाका हुँदै केही व्यक्ति गाउँमा प्रवेश गरेपछि अझ डर, त्रास बढेको धनगढी–२ कै स्थानीयवासी हरि नेपालीले बताए । घर फर्केकाहरु होम आइसोलेशनमा छुट्टै नबसी घर परिवारसँगै बस्ने गरेको उनको भनाइ छ । उनले भने, “सतर्कता नअपनाउँदा स्थिति थप जटिल हुनसक्छ ।”

गाउँमा सङ्क्रमित खुलमखुला हिँड्डुल गर्ने गरेका कारण पनि चिन्ता हुने गरेको यहाँका स्थानीयवासी बताउँछन् । समयमै सबैले सचेत हुन र सरोकारवालाहरुले यसमा विशेष ध्यान दिन जरुरी रहेको उनको भनाइ छ । रासस

आइतबार, जेठ ०९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार
चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि
सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य
डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा
गोलबजारमा गोली लागेर एकको मृत्यु
सामाजिक सद्भाव र विपद् व्यवस्थापनमा समन्वय बढाउन सुरक्षा परिषद्को जोड

भर्खरै

  • १.
    मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार

  • २.
    चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि

  • ३.
    सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य

  • ४.
    डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा

  • ५.
    गोलबजारमा गोली लागेर एकको मृत्यु

  • ६.
    सामाजिक सद्भाव र विपद् व्यवस्थापनमा समन्वय बढाउन सुरक्षा परिषद्को जोड

  • ७.
    जापान भूकम्प अपडेट ः २८ जनाको मृत्यु, उद्धार प्रयास जारी

  • ८.
    किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.