काठमाडौँ – बलिउड अभिनेता अमिताभ बच्चन घाइते भएका छन् । हैदराबादमा ‘प्राजेक्ट के’ नामक फिल्मको सुटिङका क्रममा उनी घाइते भएका हुन् ।
Advertisement
उनी आफैंले सामाजिक सञ्जाल मार्फत फिल्ममा एक्सन सिन सुटिङका क्रममा घाइते भएको जानकारी गराएका हुन्।
आफ्नो दायाँ करङमा चोट लागेको र सुन्निएको भन्दै बच्चनले आफूलाई सास फेर्न समेत गाह्रो भएको बताएका छन् ।
हैदरावादमा उपचारपछि मुम्बइस्थित घरमा आएर आराम गरिरहेको र ठिक हुन समय लाग्ने समेत बताएका छन् । उनले आफु ठिक नहुँदासम्मका लागि सबै खाले सुटिङ र भेटघाट बन्द गरेको समेत जानकारी गराएका छन् ।