काठमाडौँ – नेपाली फिल्म प्रसाद २ को ट्रेलर सार्वजानिक भएको छ । फिल्म आगामी चैत २४ गतेलाई प्रदर्शन मिति तय गरेको छ ।
Advertisement
फिल्ममा विपिन कार्की र केकी अधिकारीले मुख्य निभाएका छन् । सुदर्शन थापाको निर्देशनमा बनेको यो फिल्मले राजनीतिक र सामाजिक कथालाई उठान गरेको हो ।
राजेश श्रेष्ठको छायाङ्कन रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन, राजनराज सिवाकोटीको सङ्गीत छ । सुभाष थापाको प्रस्तुतिमा तयार भएको फिल्मका निर्माता सुदर्शन बस्नेत छन् ।
सुशील पौडेलको कथा रहेको फिल्ममा र्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल लगायतका कलाकारको पनि अभिनय देख्न सकिन्छ ।