मेष- उपहार प्राप्त हुनेछ। विभिन्न अवसर हात पर्ला। दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ।
वृष- कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ। नयाँ काममा हात हाल्ने समय छ। टाढाको यात्रा हुन सक्छ।
मिथुन- सोचेको काम बन्ने छन्। खर्च बढ्नेछ। व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ।
कर्कट- खर्च बढ्ने र आर्थिक अभावले सताउने छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। कामको बोझ बढ्नेछ।
सिंह- राजनीतिक व्यक्तित्वबाट धोका हुन सक्छ। खानपानमा सजग रहनु होला। आफ्नै कमजोरीले ढिलासुस्ती हुने देखिन्छ।
कन्या- लुगा, भोजन र विशेष उपहार हातलागी हुनेछन्। भोग विलासमा मन रमाउनेछ। कृषि व्यवसायबाट फाइदा हुने दिन छ। पढाइ लेखाइमा प्रगति हुनेछ।
तुला- धन लाभ हुनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। दाम्पत्य सम्बन्ध सुमधुर बन्ने छ।
वृश्चिक- आज धनमाल हराउने वा चोरी हुने सम्भावना छ। आँखाको समस्याले सताउन सक्छ। अनायसै खर्च बढ्ने छ।
धनु- आम्दानीभन्दा खर्च बढी हुनेछ। मान सम्मान मिल्नेछ। मिष्ठान्न भोजन प्राप्त हुनेछ।
मकर- परिवारजनमा असमझदारी बढ्ने छ। धनलाभ हुनेछ। दिगो आम्दानी हुने काम शुरु हुनेछ।
कुम्भ- पठनपाठनमा कमजोरी हुनेछ। आर्थिक अभावले सताउन सक्छ। काम नबन्ने डरले सताउन सक्छ।
मीन- स्वास्थ्य समस्याले सताउने देखिन्छ। सोचेको काम समयमा नबन्नाले दुःख पाइनेछ। आज केही अवसर पाउन संघर्ष गर्नुपर्ने देखिन्छ।