काठमाडौं- सांसद अभिषेक शाहले कपिलवस्तु जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न एक लाख रुपैयाँ दिने भएका छन् ।
Advertisement
सांसद शाह नेपाली कांग्रेसबाट कपिलवस्तु क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन् । उनी सोही क्षेत्रबाट ०६४ र ०७० सालका संविधानसभा निर्वाचन मात्र नभई ०७४ सालको आम निर्वाचनमा समेत लगातार तीनपटक निर्वाचित भइसकेका छन् ।
‘कपिलवस्तु जिल्ला अस्पताललाई अक्सिजन प्लान्ट जडान गर्नका निम्ति मेरो व्यक्तिगत तर्फबाट एक लाख रुपैयाँको सहयोग घोषणा गर्दछु,’ सांसद शाहले सामाजिक सञ्जालमा लेखेका छन् ।