काठमाडौँ – चर्चित गायक राजु लामाले चर्चित गीत ‘नौडाँडा पारी’ को दोस्रो पार्ट ‘नौडाँडा पारी २’ ल्याएका छन् । नौडाँडा पारी २’मा अभिनेत्री मल्लिका महत र अनुज गुरुङलाई देख्न सकिन्छ ।
Advertisement
गीतको शब्द गीतकार रमेश दाहालले लेखेका हुन् । राहुल प्रधानको संगीत संयोजन रहेको गीतमा टिका दहालको संगीत रहेको छ ।
चित्लाङ वरिपरिका रमणीय स्थानमा छायांकन भएको गीत भिडियोमा एक जोडी प्रेमीको प्रेम र रोमान्स समेटिएको छ ।
निकेश खड्काको निर्देशन रहेको भिडियो संगीतकार टिका दाहालको आधिकारिक युट्युव च्यानलबाट सार्वजनिक भएको हो । भिडियोमा बुद्ध थापाको छायाँकन, विकाश धमलाको सम्पादन छ ।