काठमाडौं- दीपिका पादुकोणले यस पटकको ओस्कार अवार्ड प्रस्तुत गर्ने भएकी छन्। भारतीयले ओस्कार अवार्ड प्रस्तुत गरेको यो तेस्रो पटक हुनेछ।
यसअघि सन् २०१६ मा प्रियंका चोपडा र १९८० मा पूर्व मिस इन्डिया पर्सिस खम्बाटा प्रस्तुतकर्ताका रूपमा ओस्कार अवार्डमा सहभागी भएका थिए।
ओस्कार अवार्ड मार्च १२ को रात अमेरिकामा दिइनेछ। नेपाली समयअनुसार अवार्ड समारोह १३ मार्च बिहान ५.४५ बजे सुरु हुनेछ । दीपिकाले आफ्नो इन्स्टाग्राममा ह्यासट्याग ओस्कर २०२३ को साथ एक सूची साझा गरेकी छिन्, जसमा उनीसँगै सबै प्रस्तुतकर्ताहरूको नाम समावेश छ।
दीपिका बाहेक, समारोहमा रिज अहमद, एमिली ब्लन्ट, ग्लेन क्लोज, जेनिफर कोनेली, एरियाना डेबोस, स्यामुएल एल ज्याक्सन, ड्वेन जोन्सन, माइकल बी जोर्डन, ट्रोय कोट्सुर, जोनाथन मेजर्स, मेलिसा म्याककार्थी, जेनेल मोना, क्वेस्टलोभ, जोईको नाम रहेको थियो। सलडाना र डोनी येन जस्ता कलाकारहरूले अवार्ड प्रस्तुत गर्ने छन्।