• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

टोकियो ओलम्पिकविरुद्ध हस्ताक्षर अभियान


आइतबार, जेठ ०२, २०७८ मा प्रकाशित

टोकियो ओलम्पिक खेलकुद प्रतियोगिता जति-जति नजिकिँदै गइरहेको छ। त्यति नै यसको समस्या थप भइरहेको छ। अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइसिसी) र आयोजकको सहमतिमै यस वर्षको २३ जुलाईदेखि ८ अगस्टसम्म टोकियो ओलम्पिक हुने निर्णय भएको हो। यद्यपि सन् २०२० मै ओलम्पिक हुनुपर्ने थियो। कोरोना भाइरस महामारीका रूपमा फैलिएपछि आइओसी र आयोजकले यस वर्ष प्रतियोगिताको नयाँ मिति सार्वजनिक गरेको हो।

Advertisement

अहिले जापानमा कोरोना संक्रमितको दर निकै बढिरहेको छ। यस्तो भयावह अवस्थामा टोकियो ओलम्पिक जापानले आयोजना गर्न नहुने भनी बुधबारदेखि एक अभियान नै सुरु भएको छ। अनलाइनको माध्यमबाट टोकियो ओलम्पिक रद्द हुनुपर्ने अभियान चलाइएको जापानका मिडियाहरूले जनाएका छन्। अभियान सुरु भएको दुई दिनभित्र नै दुई लाख बढीले ओलम्पिक रद्द हुनुपर्ने मत राखेका छन्।

जापानमै भएको एक सर्वेक्षणअनुसार ७०-८० प्रतिशत नागरिकले टोकियो ओलम्पिक रद्द हुनुपर्ने मत राखेका छन्। अभियान चलाएको समूहलाई यतिवेला बल मिल्यो, जब प्रधानमन्त्री योसिहिदो सुगाले जापानका विभिन्न सहरमा ३१ मेसम्म पुनः संकटकाल घोषणा गरेका थिए। दुई साताअघि राजधानी टोकियोमा एकै दिन पाँच हजार संक्रमित देखिएपछि स्थिति नियन्त्रणमा लिन प्रधानमन्त्री सुगाले संकटकाल जारी गरेका थिए। यो दुई साताभित्र पनि अवस्था बाहिर गएपछि प्रधानमन्त्री सुगाले संकटकाल जारी गरेको एजेन्सीहरूले जनाएका छन्।

जापानमा केवल दुई प्रतिशत नागरिकले मात्र कोरोनाविरुद्धको खोप लगाएका छन्। कोरोना सुरु भएयता जापानमा ६ लाख १६ हजार एक सय २३ संक्रमित तथा १० हजार पाँच सय १७ जनाले ज्यान गुमाएका छन्। यसपटकको संकटकाल समाप्त हुँदा ओलम्पिक आउन ११ साता मात्र बाँकी रहनेछ। ओलम्पिक रद्द हुनुपर्ने अभियान चलाएकाहरूले आइओसीका अध्यक्ष थोमस बाच, प्रधानमन्त्री सुगा तथा प्रतियोगितामा आबद्ध सबै संघ तथा संस्थाहरूसमेत अनलाइन आन्दोलनको बारे जानकारी गराएको छ।

यसैगरी वकिल कोजी उत्सुनोमियाले अनलाइनबाट ओलम्पिक रद्द हुनुपर्ने रिट दायर गरेका छन्। वकिल कोजीले यसअघि पनि सरकारविरुद्ध धेरै मुद्दामा रिट राखेका छन्। १७ मेमा आइओसीका अध्यक्ष वाच ओलम्पिक टर्च रिले कार्यक्रममा सहभागी हुन जापान आउँदै छन्। त्यसको भोलिपल्ट वाचले प्रधानमन्त्री सुगासँग ओलम्पिक सम्बन्धमा नै वार्ता गर्नेछन्। जापानिज प्रधानमन्त्री सुगा र आइओसीका अध्यक्ष वाचबीचको वार्ताअघि नै ओलम्पिक रद्द हुनुपर्ने मागसहित हस्ताक्षर अभियान व्यापक बनाइनुपर्ने वकिल कोजीले बताएका छन्।

जापानले ओलम्पिक आयोजनाका लागि अहिलेसम्म १५.४ अर्ब डलर खर्च गरेको छ । ७३ प्रतिशत टेलिभिजनको प्रसारण अधिकार बुक भइसकेको छ, यस वर्ष पनि टोकियो ओलम्पिक भएन भने आयोजकले २५ अर्ब डलर नोक्सानी बेहोर्नुपर्ने देखिन्छ ‘हामी धेरैभन्दा धेरै जापानिज नागरिकहरूको हस्ताक्षर संकलन गर्छौँ, जसले हाम्रो अभियान सफल बनाउनमा मद्दत पुग्नेछ,’ वकिल कोजीले भने।

कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिरहेको अवस्थामा टोकियोमा ओलम्पिक प्रतियोगिता गराउनु उचित नभएको कोजीले बताएका छन्। ‘यस्तो अवस्थामा हजारौँ खेलाडी, प्रशिक्षक, अफिसियललगायत जापानी नागरिकसमेत सुरक्षित रहन सक्दैनन्,’ उनले भने, ‘जापानमा अहिले पनि सम्पन्न सहरमा औषधि पर्याप्त छैन, सबै कोरोनाविरुद्ध लडिरहेका छन्।’ दुई सातासम्म चल्ने प्रतियोगिताकै कारण जापानमा चिकित्सक, नागरिक तथा खेलसँग सम्बन्धित व्यक्तिका निमित्त घातक सिद्ध हुने उनले बताए।

गत वर्ष आइओसीका अध्यक्ष वाच र आयोजक कमिटीबीच टोकियो ओलम्पिक हुने वा नहुने सम्बन्धमा मिटिङ भएको थियो। बैठकले कोभिड-१९ को सबै प्रोटोकल अपनाएर ओलम्पिक गराउन मिल्ने निष्कर्ष निकालियो। तर, स्थानीय मिडियाले यसको विरोध जनाए।

धेरैजसो मिडियाकर्मी तथा राजनीतिक दलहरूले प्रतियोगिता तत्कालै स्थगित गर्दा राम्रो हुने सुझाब सरकारलाई दिए। त्यही सुझाबअनुरूप नै प्रतियोगिताको मिति एक वर्ष धकेलिएको हो।

यदि यो वर्ष पनि टोकियो ओलम्पिक भएन भने आयोजकलाई २५ अर्ब डलर नोक्सान हुनेछ। जापानले ओलम्पिक आयोजनाका लागि अहिलेसम्म १५.४ अर्ब डलर खर्च गरेको छ। ७३ प्रतिशत टेलिभिजनको प्रसारणअधिकार बुक भइसकेको छ।

नेपालको तयारी
गत वर्षदेखि नै ओलम्पिकमा सहभागिता जनाउने उद्देश्यका साथ १२ नेपाली खेलाडी टोकियो ओलम्पिक छात्रवृत्तिअनुसार प्रशिक्षणमा छन्। स्विमिङबाट एलेक्स साह, गौरिका सिंह, आर्चरीबाट ज्ञानु अवाले, तिलक पुन मगर, सुटिङबाट सुस्मिता नेपाल, कल्पना परियार, तेक्वान्दोबाट वीरबहादुर महर, जुडोबाट इन्द्रबहादुर श्रेष्ठ, भारोत्तोलनबाट कमला श्रेष्ठ, सञ्जु चौधरी र करातेबाट अनु अधिकारी तथा नवीन रसाइली टोकियो ओलम्पिक छात्रवृत्ति पाएका खेलाडी हुन्।

सीधा छनोट प्रतियोगिताबाट वा वाइल्डकार्डमार्फत ओलम्पिकमा सहभागी हुने लक्ष्यका साथ उनीहरूले एक वर्षअगाडिदेखि नै तयारी थालेका हुन्। पहिलोपटक ओलम्पिकमा समावेश भएको कराते खेलमा सीधा छनोट हुने सम्भावना निकै कम भएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष तथा प्रशिक्षक दीपक श्रेष्ठले बताएका छन्।

‘करातेमा वरीयतालाई नै पहिलो प्राथमिकतामा राखेको छ, वरीयतामा नेपाली खेलाडी पछि नै छन्, यसकारण उनीहरू सीधै छनोट प्रक्रियाबाट टोकियो ओलम्पिक खेल्ने सम्भावना कम देख्छु,’ श्रेष्ठले भने, ‘हाम्रा लागि छनोट हुने एक मात्र आशा भनेको वाइल्ड कार्ड नै हो।’ पछिल्लो समय ओलम्पिकसम्बन्धी विभिन्न किसिमका समाचार आए पनि खेलाडी प्रशिक्षणमै केन्द्रित रहेको उनले बताए।

‘खेलाडीहरू धेरै अपडेटमा छन्, उनीहरूले हरेक समाचार संकलन गरिरहेका हुन्छन्, त्यहीअनुसार योजना पनि बनाउँछन्,’ खेलाडीहरूको मानसिकताबारे बोल्दै दीपकले भने, ‘एक-आपसमै आत्मविश्वास जागृत गरी अभ्यास गर्छन्।’

दोस्रो लहरको कोरोना महामारीका रूपमा फैलिएपछि करातेको प्रशिक्षण बिहान मात्र सञ्चालन भइरहेको छ। सातदोबाटोमा रहेको कराते एकेडेमीमै बिहान ८ देखि १० बजेसम्म टोकियो छात्रवृत्तिमा रहेका खेलाडी प्रशिक्षणमा रहेको श्रेष्ठले बताए। जापानले २० प्रतिशत मात्र टोकियो ओलम्पिक गर्न नसक्ने र ८० प्रतिशत गर्न सक्ने उनको भनाइ छ। ‘जापानजस्तो देशसँग सबै प्रविधि छ, उनीहरूले ओलम्पिकलाई सुरक्षित रूपमै आयोजना गर्न सक्छन् भन्ने विश्वास छ,’ श्रेष्ठले भने, ‘जापानको मुख्य उद्देश्य पनि कोरोना महामारीका वेला पनि सफलतापूर्वक ओलम्पिक आयोजना गरेको देखाउने हो।’

आइतबार, जेठ ०२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश
पूर्वाधार अभावबीच धनकुटामा खेलाडी उत्पादन
एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण
एन्फा निलम्बनले रोकियो अन्तर्राष्ट्रीय फुटबल, साफमा नेपालको सहभागिता अन्योलमा
राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.