• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

टी-२० महिला विश्वकप छनोट नोभेम्बरमा


आइतबार, जेठ ०२, २०७८ मा प्रकाशित

आइसिसी महिला टी-२० विश्वकप क्रिकेटअन्तर्गत एसियन छनोट प्रतियोगिता नोभेम्बर महिनामा हुने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले शुक्रबार विज्ञप्तिमार्फत टी-२० महिला विश्वकप एसियन छनोट २२ देखि २८ नोभेम्बरमा मलेसियामा हुने जानकारी गराएको हो।

Advertisement

यसअघि छनोट प्रतियोगिता २० देखि २६ सेप्टेम्बरसम्म हुने भनिएको थियो। तर, विश्वभरि नै कोरोना महामारीका रूपमा फैलिएको कारण देखाउँदै आइसिसीले छनोट खेल एक महिना पछि सारेको जनाउँदै नयाँ मिति सार्वजनिक गरेको हो। एसियन छनोट प्रतियोगितामा नेपाली राष्ट्रिय महिला टोलीले पनि सहभागिता जनाउनेछ। प्रतियोगितामा नेपाल, भुटान, चीन, हङकङ, कुवेत, म्यानमार, मलेसिया र युएई गरी आठ देशको सहभागिता हुनेछ। आइसिसी टी-२० विश्वकप-२०२३ को एसिया छनोटअन्तर्गत समूह बीमा नेपाल छ।

सन् २०२३ मा दक्षिण अफ्रिकामा टी-२० महिला विश्वकप क्रिकेट प्रतियोगिता हुनेछ। दक्षिण अफ्रिकामा हुने विश्वकपमा छनोट हुनकै लागि नेपालले एसिया छनोट खेल्ने तयारी गरेको हो। नेपाली महिला क्रिकेट टोलीको लक्ष्य पहिलो विश्वकप खेल्ने हुनेछ। नेपाली महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता खेलेको सन् २०१९ मा काठमाडौंमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) नै थियो। त्यसयता नेपाली महिला टोलीले कुनै पनि अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाएको छैन।

यसबीचमा नेपालमा दुई घरेलु क्रिकेट प्रतियोगिता आयोजना भए। गत पुसमा दाङमा टी-२० राष्ट्रिय प्रतियोगिता र चैतमा काठमाडौंमा ललितपुर मेयर महिला टी-२० च्याम्पियनसिप प्रतियोगिता भएको थियो। गत साता नेपाल क्रिकेट संघ (क्यान)ले कोरोनाको दोस्रो लहर महामारीका रूपमा फैलिएको जनाउँदै तत्कालै क्रिकेटका सबै गतिविधि नहुने जानकारी गराएको थियो।

कोरोनाको महामारीबीच नै नेपाली महिला टोलीको लक्ष्य नै दक्षिण अफ्रिकामा हुने विश्वकपमा सहभागी हुनु हो। तर, त्यहाँसम्म पुग्ने बाटो त्यति सहज भने छैन। एसिया छनोटको विजेता पाँच क्षेत्रबीच हुने ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्नेछन्। ग्लोबल छनोट प्रतियोगिताबाट शीर्ष दुई टोलीले दक्षिण अफ्रिकामा हुने टी-२० महिला विश्वकपका लागि स्थान बनाउने छन्।

ग्लोबल क्वालिफायर २०२२ मा हुनेछ। महिला टी-२० विश्वकप सन् २०२३ को ९ देखि २३ फेब्रुअरीसम्म हुनेछ। जहाँ १० देशको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। आइसिसीको महिला वरीयताको शीर्ष सात टोली र आयोजक दक्षिण अफ्रिका विश्वकपमा पुगिसकेका छन्।

आइतबार, जेठ ०२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश
पूर्वाधार अभावबीच धनकुटामा खेलाडी उत्पादन
एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण
एन्फा निलम्बनले रोकियो अन्तर्राष्ट्रीय फुटबल, साफमा नेपालको सहभागिता अन्योलमा
राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.