• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, कार्तिक ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

देशभर १३ विपद्का घटना, एकको मृत्यु, आठ जना घाइते

सप्तकोशीमा मोटर बोट दुर्घटना, तीनको मृत्यु, पाँच बेपत्ता

राष्ट्रपतिद्वारा पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी

केन्यामा बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु

बैतडीमा भूकम्प

सुनचाँदीको मूल्य घट्यो

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

एनपिएलः वेष्ट इण्डिजका फेबियन एलेन सुदूरपश्चिममा अनुबन्धित

लोकप्रिय समाचार

  • १. हरियो नम्बर प्लेटको बसबाट धनगढी–काठमाडौं यात्रु ओसारपसार, नियम उल्लंघनको आशंका

  • २. राशिफल : वृष- प्रतिष्‍ठा वृद्धि, सिंह- उत्साह

  • ३. राशिफल : वृश्‍चिक- प्रतिष्‍ठित काम, धनु- लक्ष्‍य प्राप्ति

  • ४. राशिफल : वृष- विशेष फाइदा, सिंह- रोजगारी प्राप्ति

  • ५. राशिफल : मेष- भविष्‍यको चिन्ता, कन्या- मनमा उत्साह

  • ६. राशिफल : वृष- उद्योगमा लाभ, सिंह- धनलाभ

  • ७. राशिफल : कन्या- मनग्य धन आर्जन, मकर- रमाइलो जमघट

  • ८. राशिफल : वृश्‍चिक- प्रतिष्‍ठा प्राप्ति, धनु- उत्साह

  • ९. झटारो : ह्यान्सम मने कमरेडको रिस !

  • १०. विश्‍व घटना : पौने २० घण्टाको विश्‍वकै लामो उडान

तीन खेलअघि नै सिटी प्रिमियर लिग च्याम्पियन


आइतबार, जेठ ०२, २०७८ मा प्रकाशित

म्यानचेस्टर सिटी पछिल्लो चारमध्ये तीन वर्षको इंग्लिस प्रिमियर लिग च्याम्पियन बनेको छ। सन् २०२०/२१ को सिजनमा भने सिटीले तीन खेलअघि नै उपाधि सुरक्षित गरेको छ।

उपाधिको अर्को दाबेदार म्यानचेस्टर युनाइटेड २-१ ले लेस्टरसँग घरेलु मैदानमा पराजित भएपछि सिटीलाई सहज भएको हो। सिटीले समग्रमा सातौँपटक इंग्लिस प्रिमियर लिग च्याम्पियनसिपको उपाधि उचाल्ने पक्का भएको छ।

सिटीलाई यो सफलता स्पेनिस प्रशिक्षक पेप ग्वार्डिओलाले दिएका हुन्। सिटीले दोस्रो स्थानमा रहेको युनाइटेडसँग स्पष्ट १० अंकको अग्रता लिएको छ। आउने तीन खेलमा सिटी पराजित भए पनि युनाइटेडले सिटीलाई भेटाउन सक्नेछैन। सिटीले ३५ खेलबाट ८० अंक जोडेको छ। युनाइटेडले समान खेलबाट ७० अंक हात पारेको छ।

युनाइटेडलाई हराएको लेस्टरले ३६ खेलबाट ६६ अंक जोड्दै शीर्ष चारको दाबेदारी दिइरहेको छ। गत साता चेल्सीसँग पराजित हुँदा सिटीको उपाधि जित्ने अभियानमा धक्का लागेको थियो। सिटी लगातार तीन खेलमा पराजित भए म्यानचेस्टर युनाइटेडको उपाधि जित्ने मौका थियो। यता युनाइटेडले पनि लगातार खेलमा जित हासिल गर्नुपर्ने थियो। तर, मंगलबार राति घरेलु मैदानमा लेस्टरसँग २-१ ले युनाइटेड पराजित भएपछि सिटीले उपाधि उचाल्ने अवसर पाएको हो।

‘हामीले विन्टर ब्रेकपछि लगातार खेलमा जित निकालेका थियौँ, हामीले उपाधि जित्ने आधार बलियो बनायौँ,’ सिटीका प्रशिक्षक पेपले भने, ‘एक प्रशिक्षकले आफू आबद्ध क्लबलाई लिग उपाधि दिलाउनु नै सपना देखेको हुन्छ, जुन आज मैले पुनः एकपटक पूरा गर्न सफल भएँ।’ पेपले स्पेनिस तथा जर्मनीभन्दा पनि प्रिमियर लिग निकै कठिन भएको बताएका छन्। ‘म स्पेन र जर्मनीमा पनि बसेँ, यी दुई देशको तुलनामा इंग्लिस प्रिमियर लिग अति नै कठिन भएको पाएँ, यहाँ अति नै प्रतिस्पर्धा हुँदो रहेछ,’ उनले भने, ‘यहाँका क्लब कोही पनि कमजोर छैनन्, शीर्ष, मध्यम र पुछारमा रहेका क्लबबीचको भिडन्त कहिले पनि एकपक्षीय रूपमा भएन।’

सिटी पाँच वर्षमा आठ प्रतियोगितामा विजयी
सन् २०१६ मा सिटीमा आबद्ध भएयता पेपले आठ घरेलु प्रतियोगिता जितेका छन्। प्रिमियर लिगपछि अब उनको ठूलो सपना हो, सिटीलाई पहिलोपटक युरोपियन च्याम्पियन्स लिगको उपाधि दिलाउनु। सिटी पहिलोपटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। सिटीले फाइनलमा इंग्लिस क्लब चेल्सीविरुद्ध प्रतिस्पर्धा गर्नेछ। प्रशिक्षक पेपकै प्रशिक्षणमा बार्सिलोनाले च्याम्पियन्स लिग उपाधि जितेको थियो।

सन् २००८ मा अबुधावी समूहले सिटीमा लगानी गरेपछि यो क्लबले प्रत्येक बर्ष उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको छ। पछिल्लो १३ वर्षभित्र सिटीले १२ उपाधि जितेको छ।

आइतबार, जेठ ०२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपिएलः वेष्ट इण्डिजका फेबियन एलेन सुदूरपश्चिममा अनुबन्धित
एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध
एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने
एनपिएलमा विदेशी खेलाडीका लागि नयाँ मापदण्ड, एनओसी अनिवार्य
मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ
कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ

भर्खरै

  • १.
    देशभर १३ विपद्का घटना, एकको मृत्यु, आठ जना घाइते

  • २.
    सप्तकोशीमा मोटर बोट दुर्घटना, तीनको मृत्यु, पाँच बेपत्ता

  • ३.
    राष्ट्रपतिद्वारा पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

  • ४.
    अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी

  • ५.
    केन्यामा बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु

  • ६.
    बैतडीमा भूकम्प

  • ७.
    सुनचाँदीको मूल्य घट्यो

  • ८.
    बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.