काठमाडौँ – टेलिभिजन सिरिज ‘मेरी बास्सै’मा माग्ने बुढा पात्रको पुनरागमन भएको छ । मंगलबार राति नेपाल टेलिभिजनबाट प्रसारण हुने सिरिजमा केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’कै रोलमा प्रस्तुत हुने भएका छन् ।
Advertisement
आठ वर्षपछि अभिनेता घिमिरे ‘मेरी बास्सै’मा देखिने भएका हुन् । दर्शकले एक एपिसोडमा भएपनि माग्ने बुढाको चर्चित पात्रलाई हेर्न पाउनेछन् ।
उनी अभिनेत्री बेनिशा हमालसँगै देखिने जनाइएको छ । शुक्रबारदेखि हलमा प्रदर्शन हुने तयारीमा रहेको ‘छक्कापञ्जा ४’को प्रवद्र्धनका लागि माग्ने बुढाले ‘मेरी बास्सै’मा अभिनय गरेका हुन् ।
मेरी बास्सैका कलाकार लेखान्त भने, ‘मेरी बास्सै’ले केदार घिमिरेलाई माग्ने बुढाको रुपमा चर्चित बनाएको थियो । आठ वर्षअघिसम्म उक्त सिरियलमा उनले सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’सँगै सहकार्य गरेका थिए ।