मेष- अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। पठन पाठनमा सुधार हुनेछ।
वृष- उपहार प्राप्त हुनेछ। आम्दानी बढ्नेछ। शत्रुहरूको चलखेलले चुनौती सामना गर्नुपर्ला।
मिथुन- सहयोगीहरूको साथ मिल्नेछन्। व्यावसायिक फाइदा हुनेछ। आँटेको काम विस्तारै बन्नेछ।
कर्कट- बोलीको प्रभाव बढ्नेछ। टाढाको यात्रा हुने देखिन्छ। पढाइ लेखाइमा सामान्य प्रगति हुनेछ।
सिंह- परिवारजनसँग भेटघाट हुनेछ। खर्च बढ्नेछ। सोचेभन्दा कमै फाइदा मिल्नेछ।
कन्या- नयाँ कामको प्रस्ताव आउनेछ। मनग्य धन आर्जन हुनेछ। भौतिक साधन जुट्नेछ।
तुला- बौद्धिक क्षमताले विभिन्न अवसर दिलाउन सक्छ। आम्दानीका स्रोत बढ्नेछन्। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ।
वृश्चिक- व्यापार व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ। नयाँ कामको शुरुवात हुनेछ। परिवारमा असमझदारी बढ्न सक्छ।
धनु- काममा आलस्य जाग्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। कसैसँग सामान्य मनमुटाव पनि पर्न सक्छ।
मकर- चिताएको काम बन्नेछ। पहिलेका कमजोरी सुधार्ने मौका पाइनेछ। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ।
कुम्भ- नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। रमाइलो जमघटको अवसर छ। सामाजिक काममा रुचि बढ्नेछ।
मीन- नचिताएको ठाउँबाट धन आर्जन हुनेछ। आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्। व्यवसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्नेछ।