काठमाडौँ – आगामी चैत २४ गतेबाट प्रदर्शन हुने फिल्म बहाव को ट्रेलर सार्वजनिक भएको छ ।
Advertisement
ट्रेलरमा अभिनेत्री सुरक्षा पन्तलाई सुरक्षा विद्रोही पात्रको रूपमा देख्न सकिन्छ । फिल्मलाई प्रमोद कँडेलको लेखन तथा निर्देशन र श्रीधर पौडेलले निर्माण गरेका हुन् ।
ट्रेलरमा सुरक्षा फिल्ममा सुरक्षासँगै कमलमणि नेपाल, अफरान अली, सूर्य शर्मा भट्ट, हीरालाल कँडेल, ईश्वरी सिंह, पवन श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ ।
कार्तिकेय स्मिता कर्नाटकले छायाङ्कन गरेको फिल्मलाई सुजन बडालले सम्पादन गरेका छन् ।
स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको फिल्मको विषयवस्तु जिज्ञासा, विचार र यथार्थमा आधारित छ ।