मेष- सोचेको काम बन्नेछन् । साथीभाइको साथ मिल्नेछ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला ।
वृष- आश मारेको ठाउँबाट धन मिल्नेछ । घरेलु समस्यामा अल्झनुपर्ला । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ ।
मिथुन- स्वास्थ्य समस्या देखिन सक्छ । व्यवसायिक यात्रा हुनसक्छ । विवेकले काम लिने प्रयत्न गर्नुहोला ।
कर्कट- अनावश्यक काममा खर्च बढ्नेछ । दाम्पत्य जीवन सुमधुर हुनेछ । नयाँ कामको अवसर आउँनेछ ।
सिंह- नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आम्दानी प्रशस्तै बढ्नेछ । कुनै काम गर्दा अरूको भरपर्दा नपर्दा राम्रो ।
कन्या- रोकिएका काम बन्नेछ । शत्रुहरू पराजित हुनेछन् । सहयोगीहरूको राम्रो साथ मिल्नेछ ।
तुला- काममा अवरोध आउन सक्छ । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । खर्च बढ्नेछ ।
वृश्चिक- विवादमा पर्न सक्छ, सचेत रहनुहोला । व्यापार व्यवसायबाट आर्थिक लाभ मिल्नेछ । रोकिएका काम बिस्तारै बन्नेछन् ।
धनु- पहिलेको सम्झौताले अप्ठ्यारो पार्न सक्छ । भेटघाटले अलमलमा पर्न सक्छ । नयाँ कामको प्रस्ताव आउनेछ ।
मकर- कमजोर मानसिकताले पछि परिनेछ । नयाँ कामको सुरुवात गर्ने समय छ । नयाँ प्रेम प्रस्ताव आउन सक्छ ।
कुम्भ- विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला । पुरानो गतिले काम बिग्रन सक्छ । बेसुरमा बचन दिने बानीले दुःख पाइनेछ ।
मीन- लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । आँटेको काम बन्नेछ । व्यापार व्यवसायमा फाइदा मिल्नेछ ।