काठमाडौँ – मार्च १२ मा अमेरिकाको लस एन्जलसमा आयोजना हुने ओस्कार अवार्डको ९५औँ संस्करणका लागि ‘क्राइसिस टिम’ घोषणा गरिएको छ।
Advertisement
अवार्ड समारोहमा एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सका प्रमुख कार्यकारी बिल क्रेमरले ‘क्राइसिस टिम’ घोषणा गरेको हो।
अमेरिकी अभिनेता विल स्मिथ र क्रिस रकबीच भएको घटनालाई ध्यानमा राखेर अवार्ड समारोहमा ‘क्राइसिस टिम’ गठन गरिएको हो।
गत वर्षको ओस्कारमा स्मिथकी श्रीमतीको कपालबारे ठट्टा गरेपछि स्मिथले अवार्ड कार्यक्रमको स्टेजमै कार्यक्रम सञ्चालक क्रिस रकमाथि थप्पड प्रहार गरेका थिए ।
स्मिथ र क्रिस रकको घटनापछि एकेडेमी ओस्कारमा हुने धेरै कुरामा सचेत भएको जनाइएको छ।