काठमाडौँ – लोक गायक भागिरथ चलाउनेको नयाँ गीत ‘जलेजलोस् हिउँचुली सुकोस फेवाताल’ सार्वजनिक भएको छ ।
Advertisement
गीतमा भागिरथकै शब्द, संगीत र स्वर रहेको छ । उनलाई गायिका शान्तिश्री परियारले साथ दिएकी छन् । गीतमा एरेन्ज कृष्ण विक ‘भान्जा’ को रहेको छ ।
प्रकाश भट्टको निर्देशन रहेको भिडियोमा भागिरथ र मोडेल गीता ढुंगानालाई देख्न सकिन्छ । गीतको भिडियोमा स्कुले प्रेम देखाउन खोजिएको छ । भिडियो नवराज उप्रेतीको छायांकन र टेकेन्द्र शाहको सम्पादन छ ।
गायाक भागिरका ‘रात हेर्दै टोलाउँछु’ ‘थोपडाले धोका दियो बरिलै’, ‘फलाम पिटे तरवार’, ‘झमझम झुम्कना’ लगायत गीतहरु चर्चित छन् ।