काठमाडौँ – नेपाली चलचित्र ‘छड्के २’को ट्रेलर सार्वजनिक भएको छ । निगम श्रेष्ठले निर्देशन गरेको चलचित्र फागुन १९ गते बाट प्रदर्शनमा आउन लागेको हो ।
ट्रेलरमा अनमोल केसीलाई समूहको नाइकेका रूपमा प्रस्तुत गरिएको छ । हिमाली जिल्ला मनाङको कथामा बनेको यो चलचित्रमा उनी ‘ग्याङस्टार’ बनेका छन् ।
रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रिन ग्याङको कथा बोकेको फिल्म हो, ‘छड्के–२’ । मनाङको प्राकृतिक स्रोतको संकलन र त्यसबाट प्राप्त धन आर्जन गर्नु हो । तीनवटा ग्याङमध्ये एउटा ग्याङको नेताका रूपमा अभिनेता अनमोललाई प्रस्तुत गरिएको छ ।
निर्भाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधा प्रोडक्सनको ब्यानरमा निर्मित सिनेमामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता तथा कार्यकारी निर्माणमा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।
चलचित्रमा रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठ, रेशा आलेमगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलिलगायतका कलाकारको अभियन छ ।