मेष- ढाडको समस्या देखिएला। आय आर्जनका स्रोत समस्याग्रस्त रहने छन्। धर्मकर्ममा मन नजाला। त्यसका बावजुद जोश र जाँगर घट्ने छैन।
वृष- दम्पत्तिमा प्रेम झाँगिएला। प्रशस्त अवसर प्राप्त होला। नयाँ काममा हात हाल्नु उचित हुनेछ।
मिथुन- चारित्रिक आरोप लाग्न सक्छ। टाढाको यात्रामा निस्किनु उचित होला। प्रतिस्पर्धीले हार मान्ने छन्। कामको राम्रो मूल्यांकन होला।
कर्कट- मतभेदको योग रहेकाले बोल्दा विचार पुर्याउनु होला। खराब निर्णय लिन सकिने भएकाले सोची-सम्झी निर्णयमा पुग्नु होला।
सिंह- आर्थिक सहयोग नगर्नु नै उचित हुनेछ। बुद्धिको उपयोग गर्नु होला। खर्चिलो समय छ। साथीभाइको राम्रो सहयोग पाइएला।
कन्या- विश्वासघाती र धोकेबाजहरू पहिचान गर्नु होला। दाम्पत्य जीवन प्रेममय रहला। प्रणयको योग छ।
तुला- भौतिक साधन जुट्नाले मन प्रशन्न रहला। व्यापार व्यवसाय फस्टाउलान्। मिहिनेतको प्रशंसा गर्नेहरू बढ्ने छन्।
वृश्चिक- आफ्ना योजना गोप्य राख्नु होला। स्वास्थ्य समस्याले सताउने छ। टाढिएका साथीभाइ नजिकिएलान्।
धनु- घरेलु समस्यामा अल्झिनु पर्नेछ। आफन्तबाटै धोका हुने भएकाले सतर्कता आवश्यक देखिएको छ। आफ्नो गोपनीयता राख्नु होला।
मकर- जागिर र सामाजिक काम उत्साहजनक रहलान्। स्वादिष्ट व्यञ्जनको अवसर मिल्ला। प्रशस्त धन आर्जन हुने योग छ।
कुम्भ- अरूको विश्वास जितेर सफल बन्ने योग छ। तथापि, स्वास्थ्यमा समस्याले तनाव उत्पन्न हुन सक्छ।
मीन- आर्थिक अभावको योग छ। अनावश्यक यात्रामा ननिस्किनु उचित हुनेछ। पुरानो रोग बल्झिन सक्ने भएकाले सावधानी अपनाउनु होला।