काठमाडौँ – नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को सल्लाहकारमा अभिनेत्री नम्रता श्रेष्ठ मनोनीत भएकी छिन् ।
Advertisement
निफ आयोजक कमिटीले विज्ञप्ति जारी गर्दै सल्लाहकारमा अभिनेत्री श्रेष्ठलाई नियुक्त गरेको जानकारी दिइएको छ ।
चैत २ देखि ६ गतेसम्म हुने निफमा ३५ देशका ९५ फिचर, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड फिल्ममध्येबाट सात विधामा १४ वटा पुरस्कार वितरण गरिने भएको छ ।
निफको प्रमुख सल्लाहकारमा अभिनेता तथा निर्देशक नीर शाह छन् । सदस्यमा अभिनेता सुनील थापा, निर्देशक छिरिङरितार शेर्पा र भारतीय लेखक तथा समीक्षक प्रेमेन्द्र मजुमदार रहेका छन् ।