काठमाडौँ – नेपाली चलचित्र ‘नांगो गाउँ’मा अभिनेता कर्म शाक्य र अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहलाई आवद्ध गराइएको छ ।
Advertisement
निर्देशक दीपेन्द्र लामाले चलचित्र नांगो गाउँमा कर्म र साम्राज्ञीलाई भित्र्याइएको जानकारी दिएका छन् ।
नांगो गाउँमा हिमालशर्माको प्रस्तुती, जय श्रेष्ठको निर्माणमा बन्न लागेको हो । सो चलचित्रमा दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहनेछ ।
मनिष्मा फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्मको छायाङ्कन फागुनको अन्तिम साताबाट सुरु हुने नांगो गाउँलाई प्रोडक्ट आलोक शुक्लाले छायांकन गर्नेछन् ।