काठमाडौँ – अभिनेता अजय देवगनले निर्देशन गरेको फिल्म भोलाको पहिलो गीत ‘नजर लग जायगी’ सार्वजनिक भएको छ ।
Advertisement
गीतमा अजय दक्षिण भारतीय अभिनेत्री अमला पललाई प्रेममा देखाइएको छ । अमलाको लुक सार्वजनिक भएको यो पहिलो पटक हो ।
फिल्म’ दृश्यम २’ को सफलतापछि अभिनेता देवगन फिल्म भोला लिएर आउँदैछन् ।
गीतले सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
फिल्म तमिल फिल्म ‘कैथी’ को रिमेक हो । अजयको निर्देशनमा बन्न लागेको यो चौथो फिल्म हो । अजयले ‘यू मी और हम’, ‘शिवाय’ र ‘रनवे ३४’ जस्ता फिल्म निर्देशन गरिसकेका छन् ।
फिल्ममा अजय र अमलाका अलवा तब्बु, दीपक डोबरियाल र शरद केलकर पनि महत्वपूर्ण भूमिकामा रहेको छ ।