मेष- नयाँ कामको प्रस्ताव आउनेछ। स्वादिष्ट भोजन मिल्नेछ। आम्दानी बढ्नेछ।
वृष- धन लाभ हुनेछ। प्रतिस्पर्धामा कमजोरी देखिनेछ। वैदेशिक क्षेत्रबाट सामान्य लाभ मिल्नेछ।
मिथुन- नसोचेको ठाउँबाट धन लाभ हुनेछ। चिताएको काम बन्न मुस्किल पर्नेछ। बेसुरमा बचन दिने बानीले दुःख पाइनेछ।
कर्कट- टाढाको यात्रा हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सहयोगीहरूको साथ मिल्नेछ।
सिंह- खानपानमा ध्यान दिदा राम्रो। पारिवारिक भेटघाटको समय छ। टाढिएका साथीभाइसँग भेटघाट हुनेछ।
कन्या- काममा सफलता मिल्नेछ। बुद्धिको उपयोग गर्दा फाइदा हुनेछ। आजको दिन मध्यम छ।
तुला- प्रतिस्पर्धी परास्त होलान्। काममा सोचेजस्तै सफलता मिल्नेछ। ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ।
वृश्चिक- अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। काममा लगानीको समय छ। प्रशस्त धन आर्जन गर्ने मौका छ।
धनु- व्यापारमा राम्रै फाइदा हुनेछ। काममा आलस्य जाग्नेछ। खर्च बढ्नेछ।
मकर- गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। साझेदारीमा फाइदा हुनेछ। स्वादिष्ट भोजनको अवसर मिल्नेछ।
कुम्भ- आत्मविश्वास बढ्नेछ। रोकिएका काम विस्तारै बन्नेछन्। अनावश्यक विवादमा परिएला।
मीन- होसियारीका साथ काम गर्दा फाइदा हुनेछ। सानो प्रयत्नमा लाभ मिल्नेछ। व्यापारमा प्रशस्त फाइदा हुनेछ।