काठमाडौँ – नेपाली चलचित्र ‘छक्का पञ्जा ४’ को ट्रेलर युट्युव टे«न्डिङको शीर्ष स्थान ओगट्न सफल भएको छ ।
शुक्रबार साँझ सार्वजनिक भएको ३ मिनेट २० सेकेन्डमै ट्रेलरले १० लाख बढी भिउज पाउँदै युट्युव ट्रेन्डिङको शीर्ष स्थान ओगट्न सफल भएको हो ।
यही फागुन १९ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्रकने ट्रेलरमा पिताको राजनीतिक विरासत जोगाउन राजनीतिमा होमिएका एक युवकको खराब स्वभाव र शैली चित्रण गरिएको छ ।
उक्त फिल्म हेमराज विसीले निर्देशन गरेका हुन् । नीर शाह, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, सुष्मा निरौला, वेदना राई, मलिना जोशी, सविन बाँस्तोला, रमेश बुढाथोकी लगायतको अभिनय रहेको छ ।
फिल्मका कार्यकारी निर्माताहरु केदारप्रसाद घिमिरे र निर्मल शर्मा हुन् । फिल्मको ट्रेलरमा सुधार गृहबाट निस्किएपछि राजा पात्रको राजनीतिक यात्रा र त्यसक्रममा आउने विभिन्न आरोह–अवरोह समेत बुनिएको छ ।
चलचित्र नरेन्द्र मैनालीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र दीपक राज गिरीकै कथा, पटकथा तथा संवाद रहेको फिल्म आमा सरस्वती मुभिज र आइएमईको संयुक्त प्रस्तुतिमा निर्माण भएको हो ।