मेष- चिन्ता बढ्ने छ। उपचारमा खर्च गर्नुपर्ने हुन सक्छ। स-साना काममा अल्झिनु पर्दा मुख्य काममा अवरोध सिर्जना हुनेछ। तथापि, विशिष्ट व्यक्तिको सहयोगले काम बन्न सक्छ।
वृष- लामो या छोटो दूरीको यात्रामा विशेष लाभ हासिल हुन सक्छ। धोकेबाजहरूबाट सावधान रहनु होला। ईर्श्या गर्नेहरू सक्रिय रहेकाले आफ्ना भविष्यका योजनाहरू कसैलाई नबताउनु होला।
मिथुन- आय आर्जनका स्रोत बढ्ने योग छ। प्रेम र दाम्पत्य जीवनमा रमाउने समय छ। दीगो लाभका क्षेत्रमा हात हाल्न नहिचकिचाउनु होला।
कर्कट- उत्साहका साथ दिन बित्नेछ। सवारी साधनमा यात्रा गर्दा सावधानी आवश्यक देखिन्छ। व्यवसायले राम्रो लाभ दिलाउने छ।
सिंह- कमजोरी महशुस हुन सक्छ। स्वास्थ्य कमजोर रहला। काम सहजै सम्पादन नहुँदा चिन्ता बढ्न सक्छ।
कन्या- अरूका काममा समय व्यतित होला। अल्छी आनीबानीले काममा बाधा उत्पन्न गर्ला। तथापि, विरोधीहरू साइड लाग्नाले मन आनन्दित रहला।
तुला- मुद्दा मामिलामा तपाईंकै पक्षमा फैसला आउला। अप्रत्यासित धनलाभको योग छ। मिहिनेतले सफलता दिलाउला।
वृश्चिक- अधिकार प्राप्तिका लागि संघर्ष होला। रिस गर्नेहरू सक्रिय छन्, सावधान रहनु होला। खेतीपातीकबाट फाइदाको योग छ।
धनु- भौतिक साधनहरू प्राप्ति हुने योग छ। साथीभाइमा मनमुटाव हुन सक्छ। अनावश्यक झमेलामा फसिने जोखिम छ। सतर्कता अपनाउनु होला।
मकर- दीर्घकालीन लाभका क्षेत्रमा हात हाल्ने समय छ। र, अनपेक्षित लाभ हासिल हुनाले मन प्रशन्न रहला।
कुम्भ- प्रशस्त धनलाभको योग छ। अरूले लाभका लागि उपयोग गर्न सक्ने भएकाले सहजै कसैको विश्वास नगर्नु होला। साथीभाइको साथले समस्याबाट पार लगाउला।
मीन- कुनै ऐतिहासिक कामको दायित्व आउन सक्छ। साथीभाइको नाममा धोका दिनेहरूबाट सावधान ! त्यस्ता व्यक्तिले तपाईंलाई प्राप्त हुने अवसर आफैं लिन सक्छन्।