• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ २८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता

स्रोत नखुलेको नगदसहित पक्राउ

जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो

होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते

राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ

अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

लोकप्रिय समाचार

  • १. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • २. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

अन्टार्कटिका नजिकको शान्त तास्मानियामा नेपथ्यको रकपप


शनिबार, फागुन ०६, २०७९ मा प्रकाशित

होबार्ट- अन्टार्टिका महादेशबाट नजिकै पर्ने अस्ट्रेलियाली टापु तास्मानियामा शुक्रबार बेलुकी अन्तिम प्रस्तुतीसँगै यो वर्षको नेपथ्य अस्ट्रेलिया श्रृंखलावद्ध यात्राको समापन भएको छ।

Advertisement

अस्ट्रेलियाका अन्य प्रान्तीय राजधानीहरूभन्दा शान्त होबार्ट शहरमा ऐतिहासिक महत्त्वको १०७ वर्ष पुरानो सभागृह ‘ओडियन थिएटर’ दर्शकले भरिभराउ थियो। आफ्नो प्रिय ब्यान्ड नेपथ्यलाई दोस्रोपटक यस शहरमा पाएर रमाएका नेपालीहरूले अधिकांश गीतमा मञ्‍चका कलाकारलाई साथसाथै गाएर सघाएका थिए।

अघिल्लो दिन मात्र एबीसी रेडियोको बिहानी सत्रका वार्ताकार लियोन कम्पटनले नेपथ्यलाई ‘विश्व दर्शकमाझ नेपालको के पप ब्यान्डजस्तै हो ?’ भनेर प्रश्न गरेका थिए। त्यतिबेला रेडियो अन्तर्वार्तामा उपस्थित ब्यान्ड व्यवस्थापक किरणकृष्‍ण श्रेष्‍ठले कोरियाली ब्यान्ड ‘के पप’ को उदय र उत्थानको बारेमा ब्याख्या गर्दै नेपथ्य त्यसभन्दा अलिक बेग्लै रहेको प्रष्‍ट पारेका थिए। नेपथ्यको आत्मा नेपाली लोक संगीतसँग मिलेको जानकारी दिँदै किरणले विश्वभर विस्तार हुँदै गरेको नेपाली समुदायले यस ब्यान्डको उपस्थितिलाई आफ्नो पहिचानको स्वाद मानेर रमाउने गरेको उल्लेख गरेका थिए।

शुक्रबार स्थानीय समयअनुसार बेलुकीको ठीक साढे सात बजे हलका ढोका खुला गरिएको थियो भने ठीक नौ बजेदेखि कन्सर्ट शुरु भएको थियो। कार्यक्रममा अन्यत्रजस्तै ब्यान्डको स्थापनाकै पहिलो गीत ‘आँगनैभरि हिउँ नै झरे’बाट शुरु गरियो। त्यो गीतबाटै हलभरिका दर्शकले साथसाथै गाएर कन्सर्टको माहोल तताइदिएपछि यो क्रम सिंगो कार्यक्रम अवधिभर जारी रहन पुग्यो।

अढाइ लाख जनसंख्या पनि नभएको अस्ट्रेलियाकै यो सबैभन्दा शान्त प्रादेशिक राजधानीमा पछिल्लो समय विस्तारै नेपाली संख्या बढ्न थालेको छ। यतिबेला यो प्रदेशमै अंग्रेजीपछि सबैभन्दा बढी बोलिने दोस्रो भाषा नै नेपाली बन्‍न पुगेको स्थानीय रेकर्डले दर्शाउँछ। केही वर्ष अघिसम्म दोस्रो बढी बोलिने भाषा चिनियाँ रहेकामा पछिल्लो समय भुटानी शरणार्थीहरूको समेत आप्रवासन गराइएपछि र नेपालबाटै आएका तन्‍नेरीहरू पनि बढ्दै गएकाले चिनियाँहरूभन्दा बढी नेपालीभाषी देखिएका हुन्।

विशेषगरी अस्ट्रेलिया र फ्रान्सका नाविकहरूको निम्ति अन्टार्कटिका यात्रा गर्दाको यो बिसौनी रूपी शहर प्रशान्त महासागरको गहिरो किनारासँग जोडिएको छ। ‘यति महत्त्वको स्थानमा यहाँ बोलिने दोस्रो भाषा नेपाली रहेको थाहा पाएर असाध्यै गौरव महशुस भएको छ,’ मुख्य गायक एवं ब्यान्डका अगुवा अमृत गुरुङले दर्शकसँग संवाद गर्दै भनेका थिए, ‘भाषा रहे मात्र हाम्रो पहिचान रहने भएकाले यो भाषालाई आउने सन्ततीसम्मै जोगाएर विस्तार गरौं है।’

दोस्रो प्रस्तुतीका रूपमा ‘छेक्यो छेक्यो’ र त्यसपछि पनि क्रमशः ‘भेडाको ऊन’ र ‘लामपाते सुरती’ हुँदै अघि बढेको कन्सर्ट अवधिभर नेपथ्यले उसका पुराना र नयाँ गीतहरू सुनाउँदै गएको थियो।

कन्सर्ट हेर्न आउने दर्शकहरूमा विष्‍णु सापकोटा पनि थिए। द्वन्द्वकालमा नेपथ्यले ‘शान्तिको लागि शिक्षा’ अभियान लिएर गाउँ आउँदा आफू केवल १२ वर्षको रहेको विष्‍णुले सम्झिए। ‘दुवैतर्फका हतियारधारीको चेपमा परेको गाउँले त्यतिबेला झेल्नुपरेको भयावह दिन सम्झँदा पनि डर लाग्छ,’ विष्‍णु भनिरहेका थिए, ‘त्यतिबेला नेपथ्यकै बलमा हामीले विद्यार्थी क्लब खोलेर स्कुल ब्युँताउने प्रयास गरेका थियौं।’

यसरी गाउने र मनोरञ्‍जन दिने मात्र नभएर देश र समाजलाई आइपर्दा जहिले पनि नेपथ्य अगाडि आएको सम्झना विष्‍णुले गरे।

‘आज मजस्ता नेपालीहरू अस्ट्रेलियामा आएर आफ्नै व्यवसाय गरेर बसेका छौं,’ उनले भने, ‘अब नेपथ्यका लागि पनि केही गर्ने हाम्रो दायित्व सम्झेका छौं।’

विष्‍णुले शुक्रबारको कन्सर्टका बारेमा पनि प्रतिक्रिया दिए। ‘गीत सँगसँगै अमृत दाइका अनुभवहरू सुन्दा जहिले पनि मनोरञ्‍जन मात्र नभएर गौरवबोध पनि हुन्छ,’ उनले भने, ‘यसपाला पनि नेपथ्यले तास्मानियामा बसोबास गर्दै आएका हामीमाझ एकसाथ पर्वको माहोल र नेपालीपनको गौरवबोध गराएको छ।’

कन्सर्टमा दर्शकहरूको हुलमै स्थानीय आयोजक साजन परियार पनि थिए। ‘हामीले कन्सर्टको आयोजनाको थालनी नै नेपथ्यबाट गर्न पाउनु आफैंमा भव्य शुरुवात भएको छ,’ उनले भने, ‘नेपथ्यको साथमा धेरै कुरा सिक्ने मौका पनि पाएका छौं।’

स्थानीय ‘रेडियो होबार्ट’की कार्यक्रम सञ्‍चालिका एलिजा पंगेनीले पहिलोपटक नेपथ्यको कन्सर्ट हेरेको र यो अनुभव नै गज्जबको भएको प्रतिक्रिया दिइन्। ‘एकातिर गीत संगीतले मञ्‍चका कलाकार र दर्शक यसरी एकाकार भएको देख्दा आश्‍चर्य लाग्दै थियो भने अर्कोतिर ब्यान्डले फैलाइरहेको मानवताको सन्देश असाध्यै प्रभावकारी लाग्यो,’ उनले थपिन्, ‘शायद त्यसैले गर्दा पनि अलिक महँगो टिकट काटेर भए पनि यति धेरै दर्शकहरू नेपथ्यलाई हेर्न आएका रहेछन् भन्‍ने बुझ्न सजिलो भयो।’

कन्सर्ट हेर्न आउनेमध्येमै रोयल होबार्ट हस्पिटलका मनोचिकित्सक डा. दीप मल्ल पनि थिए। ‘मानसिक स्वास्थ्यका निम्ति संगीत आफैं पनि उपचारमा उपयोगी एउटा बलियो साधन हो,’ डा. मल्ल भनिरहेका थिए, ‘नेपालीहरूलाई संगीतका माध्यमबाट उनीहरूको मूल्य, मान्यता, संस्कृति र पहिचानको अनुभूति दिलाएर मनोरञ्‍जन गराउनु नेपथ्य कन्सर्टको उल्लेखनीय योगदान भएको मैले पाएँ।’

विदेशमा आएर एक्लो महशुस गरिरहेका धेरै मानिसका लागि यस्तो जमघट असाध्यै उपयोगी हुने उनको निश्कर्ष थियो।

कन्सर्टका बेला सधैंजस्तै नेपथ्यका मुख्य गायक अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाएका थिए।

यस वर्ष जारी अस्ट्रेलिया यात्राका दौरान तास्मानियाको यो कन्सर्ट शृंखलामध्येको आठौं प्रस्तुती थियो। यसअघि डार्बिन, एडिलेड, ब्रिसबेन, क्यानबेरा, पर्थ, सिड्नी र मेलबर्नमा सफलताका साथ कन्सर्ट सम्पन्‍न भइसकेका छन्। दर्शक संख्यामा सदैव गुणात्मक वृद्धि देख्दै आएको सिड्नीमा यसपाला पाँच हजारभन्दा बढी दर्शक जुटाएर नेपथ्यले नयाँ मानक कायम गरेको छ।

तास्मानियामा अन्तिम प्रस्तुती सम्पन्‍न भएसँगै ब्यान्ड, प्राविधिक र व्यवस्थापनसहितको १३ सदस्यीय टोली यसै साता मेलबर्न हुँदै स्वदेश फर्कनेछ।

शनिबार, फागुन ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद
इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता
स्रोत नखुलेको नगदसहित पक्राउ
जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो
होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते
पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ

भर्खरै

  • १.
    सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

  • २.
    इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता

  • ३.
    स्रोत नखुलेको नगदसहित पक्राउ

  • ४.
    जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो

  • ५.
    होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते

  • ६.
    राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

  • ७.
    पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ

  • ८.
    अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.