मेष- कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ। धनमाल हराउन सक्छ।
वृष- खर्च बढ्ने देखिन्छ। परिवारजनको साथले काममा उत्साह जगाउनेछ। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ।
मिथुन- धन लाभ हुनेछ। व्यवसायबाट फाइदा मिल्नेछ। उपहार प्राप्त हुने समय छ।
कर्कट- रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। दाम्पत्य जीवन सुमधुर बन्नेछ। अरूको भरपर्दा काम बिग्रन सक्छ।
सिंह- स्वास्थ्यमा समस्या देखिन सक्छ, खानपानमा ध्यान दिनुहोला। अरूको काममा समय बित्न सक्छ। धेरै समय सानातिना घरेलु काममै अल्झनुपर्ला।
कन्या- विवादमा परिनेछ। सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने देखिन्छ। आजको दिन मध्यम खालको छ।
तुला- भौतिक साधन जुट्नेछ। साझेदारीमा फाइदा हुनेछ। नयाँ काममा हात हाल्ने समय छ।
वृश्चिक- गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। व्यावसायिक काममा खर्च बढ्नेछ। स्वास्थ्यमा समस्या देखिएला।
धनु- कला, साहित्य, मनोरञ्जन क्षेत्रमा रुचि बढ्नेछ। पारिवारिक असमझदारी बढ्ने सम्भावना छ। खर्च बढ्नेछ।
मकर- व्यवसायबाट फाइदा हुनेछ। मुद्दा मामिलामा विजयी भइनेछ। आजको दिन शुभ छ।
कुम्भ- आम्दानी बढ्नेछ। व्यापारमा मनग्य फाइदा हुनेछ। पठनपाठनमा कमजोरी हुनेछ।
मीन- आँटेको काम बन्नेछ। आयआर्जनमा वृद्धि हुनेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला।