काठमाडौँ – अभिनेत्री सुरक्षा पन्तले विवाह गर्दै छिन् । उनले अभिनेता मानव सुवेदी सँग विवाह गर्न लागेकी हुन् ।
Advertisement
यही फागुन २५ गते चितवनमा हुने वैवाहिक समारोहमा यी दुईले ६ वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन् ।
चितवनमा हुने विवाह समारोहमा परिवार र निकट आफन्तलाई मात्र बोलाएर परम्पराअनुसार विवाह गर्ने तयारी छ । ‘सकेसम्म सानो उपस्थितिमा विवाह सकौं कि भन्ने योजनामा हामी छौं,’ सुवेदीले भने, ‘तयारी भइरहेको छ ।
सन् २०१५ मा रिलिज भएको ‘अझैपनि’बाट सुरक्षाले अभिनय करिअर थालेकी थिइन् ।उनी अभिनीत दुई फिल्म ‘बुलाकी’ र ‘बहाव’ रिलिजको तयारीमा छ । पहिलो फिल्म अन्तरालपछि मानवले नेपथ्य र चिनी कम रङ कडामा अभिनय गरेका छन् ।