मोरङ – कलाकार पवन खतिवडालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कलाकार खतिवडाले मादक पदार्थ सेवन गरी होहल्ला र कुटपिट गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो।
Advertisement
मंगलबार राति मोरङको बेलबारी नगरपालिका–१ स्थित एक होटलबाट उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) टीकाबहादुर कार्कीले जानकारी दिएका छन् ।
बेलबारी ४ का जीवन कार्कीलाई कुटपिट गरेको आरोप उनीमाथि लागेको छ। कुटपिटबाट सामान्य घाइते भएका ती युवालाई उपचारका लागि अस्पताल पठाइएको छ। पीडित पक्षका आफन्तहरु प्रहरी कार्यालय आउँदै गरेको र मिलापत्र भएको अवस्थामा मात्रै उनलाई छाडिने इन्सपेक्टर धमलाले बताए।