काठमाडौँ – तेज गिरी र अशु न्यौपाने प्रेमिल भावमा प्रस्तुत चलचित्र ‘हुक्का एब्जर्ड को पोस्टर सार्वजनिक भएको छ । उक्त चलचित्रको पोस्टर भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसको अवसर पारेर सार्वजनिक गरेका छन् ।
उक्त चलचित्रको सार्वजनिक पोस्टरमा अशुको सिउँदोमा सिन्दूर र गलामा पोते देखिएकाले चलचित्रमा तेज र अशु श्रीमान् श्रीमतीको भूमिका रहेको बुझिएको छ ।
स्पाइनी बाबलर क्रियसनले ह्यासट्याग नेपालसँगको सहकार्यमा निर्माण गरिएको
चलचित्रमा तेज र अशुकोअलवा प्रमिला खनाल, प्रकाश घिमिरे, तलिशा गुरुङ, निश्चल विमल, एलिशा विक र सन्तोषकुमार आत्रेयको अभिनय रहेको छ ।
निर्देशक शम्भु थापाले निर्देशन गरेकाे चलचित्रमा प्रयत्न श्रेष्ठको शब्द र संगीत छ । विष्णुप्रसाद बास्तोलाको भीएफएक्स, सन्तोषकुमार आत्रेय र भगवान पौडेलको पटकथा, राजेन्द्र मोक्तानको कलर करेक्सन, दीर्घ खड्काको सम्पादन र कृष्णबहादुर थापाको छायांंकन रहेको छ ।