काठमाडौँ –आज फेब्रुअरी १४ भ्यालेन्टाइन डे । अभिनेत्री रेखा थापाले प्रेम इतिहासमा सांकेतिक कला बन्यो भन्दै प्रणय दिवसको शुभकामना दिएकी छन् ।
Advertisement
सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै उनले प्रेमीहरु यो संसारमा सबैभन्दा बढी दण्डित रहेको उल्लेख गरेकी छन् ।
अभिनेत्री थापाले लेखेकी छन्, ‘प्रेमीहरु यो दुनियाँमा सबैभन्दा बढी दण्डित छन्, किनकि इतिहासमा प्रेम सांकेतिक कला बन्यो । जित्नेको प्रेम अमर भयो, हार्नेको प्रेम पाप भयो । तर प्रेम पवित्र छ, प्रेम जीवनशक्ति भएर हामीलाई जोडिराख्ने छ ।’