काठमाडौँ – ‘परिचय एउटा कथा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतलाई गीतकार नमिता दवाडी निमार्ण गरेका हुन् ।
Advertisement
गायिका प्रविशा अधिकारीको स्वर रहेको गीतमा ज्ञानेन्द्र गिरीको सङ्गीत तथा विशाल निरौलाको एरेन्ज रहेको छ ।
भिडियोले पुरुष शरीरभित्रको महिला मनोविज्ञानमा आधारित तेस्रो लिङ्गी (एलजीबीटीक्यूए) हरूको अस्तित्वको खोज र जीवन सङ्घर्षको कथालाई देखाउन खोजेको छ ।
समाजमा तेस्रो लिङ्गीहरूले भोग्नुपरेको पीडा र हेयको दृष्टिमाथिको प्रश्न सार्वजनिक गीतको भिडियोमा उठाइएको छ ।
प्रकाश धितालको निर्देशन रहेको भिडियोमा अभिनेता आकाश श्रेष्ठ, डाक्टर रमिल अधिकारी र कविता रेग्मीले अभिनय गरेका छन् । गीतको छायाङ्कन उत्सव दाहालले गरेका हुन् ।