काठमाडौँ – बलिउडको चर्चित फिल्म गजिनी फेम्ड अभिनेता प्रदीप रावतले नेपाली फिल्म ‘ह्रस्वदीर्घ’मा अभिनय गरेका छन् ।
नीता ढुंगाना फिल्म्सको ब्यानरमा निर्माण भइरहेको ह्रस्वदीर्घको छायांकन अहिले भारतमा भइरहेको छ । भारतको हैदराबादमा भइरहेको ‘ह्रस्वदीर्घ’ को यांकनमा अभिनेता प्रदीप रावत सहभागी भएका हुन् ।
निर्मात्री तथा अभिनेत्री नीता ढुंगानाले अभिनेता रावतसँगको तस्वीर सेयर गर्दै छायांकन सेट ज्वाइन गरेको देख्न सकिन्छ । तस्वीरमा अभिनेता हरिहर अधिकारी पनि देखिएका छन् ।
फिल्ममा रावतले नीताको बुवाको भूमिकामा अभिनय गर्दैछन् । नीताले अर्को चरणको छायांकनका लागि आफूहरु कोलकाता पुगेको बताइन् ।
तमिल र तेलुगू फिल्ममा समेत अभिनय गरेका रावतले महाभारत सिरियलमा अस्वस्थामाको भूमिका निर्वाह गरेका छन् । उनले सरफरोस, लगान, गजिनीमा खलपात्रको भूमिकामा समेत अभिनय गरेका छन् ।