काठमाडौँ – नेपाली चलचित्र ‘हुक्का एन एब्जर्ड ड्रिम’को फर्स्ट लुक सार्वजनिक भएको छ।
Advertisement
स्पाइनी बाबलर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै निर्माण गरेको चलचित्रमा शम्भु थापाको निर्देशन छ।
फस्र्ट लुकमा कलाकार प्रमिला खनाल, प्रकाश घिमिरे र तेज गिरीलाई स्थान दिइएको छ।
प्रमिला, प्रकाश र तेजसहित अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, एलिसा विक र सन्तोषकुमार आत्रेयको अभिनय रहेको चलचित्र आगामी चैत ३ गते प्रदर्शन मिति तोकिएको छ ।