काठमाडौं– मिस नेपाल–२०२३ को अडिसन सुनसरीको इटहरीबाट सुरु भएको छ ।
Advertisement
दि हिडन ट्रेजरका अनुसार आजदेखि इटहरीवाट अडिसन सुरु भएको हो । इटहरीपछि वीरगन्ज, पोखरा, नेपालगन्ज, सुर्खेत, धनगढीमा र अन्त्यमा काठमाडौं अडिसन गर्ने तयारी रहेको ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले जानकारी दिए ।
यसअघिको संस्करणदेखि मिस नेपालले देशव्यापी पहुँच पु¥याउन हिडन ट्रेजरले क्षेत्रीय अडिसनको पनि थालनी सुरु गरेको हो ।
मिस नेपाल–२०२३ को फाइनल भने आगामी १३ जेठमा ललितपुरको गोदावरीमा हुनेछ । जसमा मिस नेपाल २०२३ उपाधी घोषणा गरिनेछ ।