काठमाडौं – गायिका अस्मिता अधिकारी र गायक भिष्म अधिकारीको युगल गायनमा रहेको लोक शैलीको ‘अम्खरामा पानी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
Advertisement
गीतमा तेजश रेग्मीको शब्द र संगीत रहेको छ। गीतलाई एचबिएन किस्मतले संगीत संयोजन गरेका हुन्।
म्युजिक भिडियोमा सुधिर श्रेष्ठ, लोमश शर्मा, स्मारिका ढकाल र लोसिना लामिछानेले अभिनय गरेको छ ।
बन्दे प्रसादले सम्पादन गरेको यस भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी र निर्देशन गरेका हुन् ।