मेष- रोकिएका काम बिस्तारै बन्नेछन्। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। पारिवारिक सहयोग मिल्नेछ।
वृष- बोलीको विपरीत अर्थ लाग्न सक्छ, सचेत रहनुहोला। नयाँ कामको प्रस्ताव आउनेछ। धन लाभ हुनेछ।
मिथुन- नयाँ काममा पाएको सफलताले हौसला मिल्नेछ । नयाँ ज्ञान सिक्ने मँैका मिल्नेछ । आम्दानीका स्रोत बढ्नेछन् ।
कर्कट- स्वादिष्ट भोजन मिल्नेछ। पढाइ लेखाइमा प्रगति हुनेछ। आजको दिन रमाइलोमा वित्नेछ।
सिंह- दाम्पत्य सम्बन्धमा असमझदारी बढ्नेछ। काममा आलस्य जाग्नेछ। व्यवसायमा लगानी गर्ने राम्रो समय छ।
कन्या- व्यापारमा सामान्य फाइदा मिल्नेछ। जटिल ठानिएका काम बन्नेछ। अध्ययनमा प्रगति हुनेछ ।
तुला- प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। विभिन्न उपहार प्राप्त हुनेछ।
वृश्चिक- धन लाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। धन आर्जन हुनेछ।
धनु- चोरी वा ठगीमा परिन सक्छ। कामले धेरैको मन लोभ्याउन सकिनेछ। पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ होला।
मकर- आर्थिक पक्ष सुदृढ बन्नेछ। विभिन्न उपहार प्राप्त हुनेछ। आम्दानी बढ्नेछ।
कुम्भ- टाढिएका आफन्तसँग भेटघाट हुनेछ। पारिवारिक सुख मिल्नेछ। सोचेको काम बन्नेछ।
मीन- अनावश्यक दौडधुपमा समय बित्नेछ। बोलीको प्रभाव बढ्नेछ। टाढाको यात्रा गर्ने अवसर मिल्नेछ।