मेष– एकपछि अर्काे अवसर आउनले मन प्रसन्न हुनेछ । साथीभाईको सहयोग मिल्नेछ । आजको दिन शुभ छ ।
वृष– नयाँ कामको थालनी हुनेछ । समाजसेवामा मन जानेछ । रोकिएका काम बन्नेछ ।
मिथुन– कला क्षेत्रबाट सफलता मिल्नेछ । पारिवारिक भेटघाट्मा दिन वित्नेछ । आर्थिक लाभ हुनेछ ।
कर्कट– सामान हराउन सक्छ,सचेत रहनुहोला । अरुको भर नपर्दा वेश हुनेछ । राजनीतिक सफलता मिल्नेछ ।
सिंह– नयाँ कामको योजना बन्नेछ । आर्थिक संकट पर्नसक्छन् । स्वास्थ्यमा समस्या देखिन सक्छ ।
कन्या– मनमा हर्ष, उमंग छाउनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । आजको दिन शुभ छ ।
तुला– ठीक समयमा सही निर्णय लिनाले दिर्घकालिन फाइदा पुग्नेछ । लाभदायक योजना बन्नेछन् । राजनीतिबाट फाइदा पुग्नेछ ।
वृश्चिक– प्रयत्न गरे ठूलो उपलब्धि हात पर्नेछ । खर्च बढ्नेछ । सानातिना झमेलामा अल्झिनुपर्नेछ ।
धनु– नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । नयाँ अवसर आउनेछ । यात्राको योग छ ।
मकर– विभिन्न अवसर जुर्नेछ । बोलीको भरमा काम सिद्ध हुनेछ । समाजसेवामा मन लाग्नेछ ।
कुम्भ– व्यापार व्यवसायबाट फाइदा हुनेछ । आश मारेको धन हात पर्नेछ । रोकिएका काम बन्नेछन् ।
मीन– सामान चोरी हुने सम्भावना छ । जोश, जाँगरको कमी हुनेछ । तपाईको आजको दिन मध्यम खालको छ ।