काठमाडौँ – नेपाली चलचित्र ‘महापुरुष’ले अनुमति बिना नाम राखिएको भन्दै फेस्टिभल बहिष्कार गरेको छ ।
चलचित्र विकास बोर्डको दुबई फेस्टिभलमा अनुमति बिना आफ्नो तस्वीर प्रयोग भएपछि अभिनेता तथा पाइलट विजय लामाले आपत्ति व्यक्त गरेका छन् ।
क्याप्टेन लामाले अतिथिको रुपमा सहभागी हुने भनेर आयोजकले पोस्टरमा तस्वीर राखेर प्रचार गरेपछि सहभागी नहुने घोषणा गरेका छन् ।
क्याप्टेन लामाले बुधबार सामाजिक सञ्जालमा स्टाटर लेख्दै आफूलाइ यसबारे जानकारी र निमन्त्रणा नै नभएको र फेस्टिभलमा अनुमति बिना तस्वीर प्रयोग भएको बताएका छन् । क्याप्टेन लामाले लेखेका छन्, ‘न मलाइ यसबारे जानकारी नै छ न निमन्त्रणा नै छ न मलाइ सहभागिता जनाउन समय नै छ, यसरी लिखित स्वीकृति विनानै मेरो तस्वीर चलाएर राख्नु कतिको उचित हुन्छ ?’ क्याप्टेन लामाले उक्त स्टाटस मार्फत यस कार्यक्रमसँग कुनै पनि संलग्नता नभएको जानकारी गराएका छन् ।
विवादित निजी कम्पनी सूर्ये कर्पोरेसनसँग सहकार्य गरेर बोर्डले यही फेब्रअरी १२ देखि १५ तारिखसम्म दुबईमा ‘नेपाल्स सिनेमा फेष्ट’ आयोजना गरेको छ ।