मुम्बई*- बलिउड अभिनेता शाहरुख खानको फिल्म ‘पठान’ले संसारभरबाट ३०० करोड भारतीय रुपैयाँभन्दा बढी कलेक्सन गरेको छ।
Advertisement
यशराज फिल्म्सका अनुसार शाहरुख-दीपिका स्टारर फिल्मले हालसम्म ३१३ करोड भारु कमाइ गरिसकेको छ।
जसअनुसार फिल्मले रिलिज भएको पहिलो दिन १०६ करोड, दोस्रो दिन ११३.६ करोड र तेस्रो दिन ३८ करोड रुपैयाँ संकलन गरेको छ। तीनै दिन भारतको घरेलु बजारमा २०१ र विदेशी दर्शकहरूबाट ११२ करोड भारु कमाइ गरेको छ।
उक्त फिल्म हिन्दी, तमिल र तेलुगु भाषामा पनि रिलिज भएको छ। ‘पठान’ शाहरुखको चार वर्षपछिको सबैभन्दा ठूलो रिलिज हो।