काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एकजना कोरोना संक्रमित थपिएका छन् ।
Advertisement
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार एकजनामा संक्रमण पुष्टि भएको हो । शुक्रवार ५४० जनाको नमूना संकलन गरी परीक्षण गरिएको थियो ।
यस्तै आज ११ जना डिस्चार्ज भएका छन् ।
मन्त्रायले अहिले देशभरी २६ जना कोरोनाका सक्रिय संक्रमित रहेको जनाएको छ ।